म हिँड्दै छु, गन्तव्य मेरो मृत्यु,
मृत्युबाट भाग्दै,
कहिले लुक्दै कहिले लड्दै
म हिँड्दै छु, मृत्युलाई भेट्न
भ्रममा छु, ठुलो भ्रममा
कहिले अस्पतालमा अलिकति समय किन्छु,
कहिले मदिरा पसलमा अलिकति मृत्यु किन्छु
थाहा छैन मेरो तराजुमा
समय धेरै छ कि मृत्यु ?
तर मलाई थाहा छ म हिँड्दै छु, गन्तव्य मेरो मृत्यु
यो गन्तव्य मैले रोजेको होइन
आमाको गर्भ देखी निर्धारित नै छ
मेरो मात्र होइन, तिम्रो, तिम्रो अनि तिम्रो
अनि हामी सबैको गन्तव्य निश्चित छ । । ।





