तपाईं तपाईंको दिमाग हैन |
आजको अस्तब्यस्त समाजमा हामी खुशी ,सम्पन्नता, सन्तुस्टि,सुरक्षा ,माया आदिको खोजिमा दिन रात कुदिरहेका हुन्छौँ |हामी मध्ये धेरैलाई त आफु के का लागि हिड्दै छु भन्ने सोच्न सम्म नि फुर्सद हुँदैन |बाहिरी बस्तुहरुमा आफ्नु खुशी खोज्ने हाम्रो बानिले गर्दा नै आज हामी गहिरो
दु:खमा छौं |बाहिरी बस्तु भन्नाले ति सबै कुराहरु जस्लाई हामी मेरो भन्ने गर्छौं;जस्तै: मेरो घर ,मेरो गाडी ,मेरो जमिन ,मेरी श्रीमती ,मेरो श्रीमान्,मेरा बच्चा ,मेरो शरीर |यी सबै केही नभएर तपाईंको दिमागले खेलेको खेल हो |समाजले या भनौ तपाईंको हुर्केको सेरोफेरोले तपाईंलाई केही नियमहरु सिकाएको जस्को पालन तपाईं दिन रात गर्दै हुनुहुन्छ बिना कुनै प्रश्न किनभने ति नियमहरु तपाईंको दिमागमा सेट भएका छन् |तपाइले दिमागलाई चलाऊनु पर्ने थियो तर आजको बिडम्बना दिमागले तपाईंलाई चलाई रहेछ
यो सबै पडिरहदा तपाईंलाई मेरा कुराहरु निक्कै दार्शनीक् लाग्लान् |येदि सबै कुराहरु हुँदा हुँदै पनि जीवन अधुरो जस्तो लाग्छ,आफुलाई सधैं दुखी मात्र पाउनु हुन्छ, बिना कारण रिश उठ्छ, मनमा धेरै कुराहरु खेलिरहन्छ भने आउनुहोस् एक्छिन समय दिएर पढ्नुहोस् ,म बिस्तारै एक एक गरी बुजाउन प्रयास गर्छु |
मलाई याद आउछ सानो हुँदा खेलेको एउटा खेलको जहाँ आफ्नु हात ,खुट्टा सबै एक एक गर्दै छुदा पनि मैले आफुलाई छुन असफल भएको |शायद तपाईंले पनि पक्कै पनि खेल्नु भयो होला त्यो खेल |आज आएर हेर्दा सबै रहस्य त त्यही खेलमा रहेछ भन्ने थाहा हुँदै छ |
एदी घाटमा लास जलाएको हेर्नु भएको छ भने मेरो कुरा बुज्न अली सजिलो हुनेछ |तर त्यो द्रिस्य आजसम्म देख्नु भएको छैन भने पनि केही छैन ,तपाइले सकारात्मक् सोच राखेर बुज्ने प्रयास गर्नु भयो भने अवस्य मेरा कुराहरुको निस्कर्श निकल्नुहुनेछ | म खडेरिमा परेकाहरुको लागि पानी बोकेर आएको त हैन तर समुन्द्रको बाटो देखाउन सक्छु ,यात्रा त तपाईंले आँफै गर्नु पर्नेछ |
तपाईंले सबैभन्दा बडी प्रेम गर्ने ब्यक्तिलाई याद गर्नुस् |अब उस्को मृत्युको कल्पना गर्नुस् |थाहा छ गाह्रो छ तर पनि गर्नुस् किनभने एक दिन जानु त सबैले छ | के उस्को लाशलाई तपाईं घरमा सजाएर राख्नु हुन्छ ?अब तपाईंलाई बिस्तारै आभास हुनेछ कि प्रेम तपाईंले शरीरलाई हैन त्यो ब्यक्तिको शरीरमा भएको जीवनलाई गर्नुभएको थियो | एस्को मत्लब शरीर तपाईं हैन |कुनै पनि ब्यक्ति जन्मिन्छ भने मर्छ पनि |मर्नु भनेको सरल रुपमा शरीर लाई छोड्नु |
बैज्ञानीकहरुले पनि मान्छेमा शरीर बाहेक एउटा शक्ती भएको पत्ता लगाएका छन् |धर्मिक ग्रन्थहरुमा पनि एस्को चर्चा भएको छ |तर म धार्मिक हैन न त बैज्ञानीक नै हो |म त केवल आफ्नु ज्ञान बाढ्दै छु जस्लाई सबैले लिन सक्दैनन र जस्ले लिन सक्छन् उनिहरुले संसार जित्छन्|सरिर तपाईं हैन भन्ने कुरा त प्रस्ट भयो होला |
अब बिचार गर्नुस् !
तपाईं आज भन्दा पनि हिजो र भोलिमा धेरै बाचिरहनुभएको हुन्छ|जीवनमा कहिलै नघटेको घटनालाई मनमा खेलाएर आफुलाई दुखी बनाइरहनु भएको हुन्छ|एक्पल्ट बिचार गर्नुस् त! दिमाग एउटा एस्तो यन्त्र हो जुन खाली रहन सक्दैन ,तेसैले तपाईंले नचाहे पनि यो बोलिरहन्छ अनी तपाईं भित्र भित्रै तनाबमा रहनु हुन्छ|एस्को समाधान के हो त भन्ने सोच्दै हुनुहुन्छ ?समाधान छ | अब एक्पल्ट तपाईंको दिमागलाई शान्त बनाउनुस् | शहज छैन |एस्को लागि एउटा उपाय छ|आफुलाई दिमागबाट पर राखेर दिमागले के सोच्दैछ हेर्नुस् |तर यहाँ दिमागसग नरिसाउनुस् ,मात्र हेर्नुस् |हेर्दा खेरी दिमाग प्रती कुनै धारणा नबनाउनुस् |तपाइको वास्तविक रुपले यो जानेको छैन |सही गलत रिश राग राख्ने सबै काम दिमागको हो |तेसैले दिमागलाई हेर्नुस् |केवल एती गर्नाले तपाईंले आदी बिजय प्राप्त गर्नु भएको छ |अब फेरी दिमागले अर्को के कुरा सोच्छ भनेर पर्खिनुस् |एकदम ध्यान दिएर पर्खिनुस् |केही बिचार आएन हैन ?अब तपाईंले आफ्नु दिमागको नियन्त्रन गर्नु भएको छ |एस्ले तपाईंलाई चरम आनन्दको अनुभुती गराउनेछ |
तपाईंको शरीर र दिमाग तपाईं हैन |यो त प्रकृतिको देन हो जुन हामीले छोडेर जानै पर्छ |तपाइ एउटा सानु प्रकाशको पुन्ज हुनुहुन्छ अथवा भनौ शक्ती हुनुहुन्छ जुन अबिनाशी छ |तपाइ अमर हुनुहुन्छ| एही अमर भएको आनन्दमा रमाउनुस् र आफ्नु बास्तविक् रुपमा रहने प्रयास गर्नुस् |रिश, लोभ , घमन्ड सबै दिमागको खेल हो जस्लाई तपाईंले नियन्त्रन गर्न सक्नु हुन्छ |कुनै पनि बिषयमा अटल धारणा बनाउनु अघी फेरी बिचार गर्नुहोस् किनभने दिमागले तपाईंलाई नचाइरहेको हुनसक्छ |अब देखी दिमागलाई नियन्त्रन गर्नुहोस् र हासी खुशी रहनु होस् |
(केही प्रश्न भये कमेन्ट गर्नुहोला|)